सूचनाको शक्ति - The Power Of Information

        

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ११ जनामा संक्रमण पुष्टि भएको हो। जसमा कास्कीका ९, बागलुङका १ र नवलपरासीपूर्वका १ जना छन्।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७२  पुगेको छ। उनीहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार ०८:३२