सूचनाको शक्ति - The Power Of Information

        

भारतमा फेरि बढे कोरोना संक्रमित, अमेरिका र ब्रजिलभन्दा कयौं गुणा बढी

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणको दर फेरि बढेको छ । सोमबार आइतबारको तुलनामा १७ हजारले कमी आए पनि मंगलबार भने सोमबारको तुलनामा १४ हजारले बढेका छन् ।

विश्वमै संक्रमणमा दोस्रो स्थानमा पुगेको भारतमा मंगलबार ८९ हजार ८५२ जना संक्रमित थपिए । सोमबार ७५ हजार २२ जना संक्रमित थपिएका थिए ।

यसअघि आइतबार ९२ हजार संक्रमित थपिएका थिए । त्यो अहिलेसम्मकै सबैभन्दा बढी हो । शनिबार ९० हजार ६०० जना संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४३ लाख ६७ हजार ४३६ पुगेको छ ।

हाल ८ लाख ९६ हजार ८८४ जना सक्रिय संक्रमित भारतमा रहेका छन् । भारतमा निको हुनेको दर भने राम्रो रहेको छ । मंगलबार ७४ हजार ६०७ जनालाई निको भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो ।

सोमबार ७४ हजार १२३ जनालाई निको भएको थियो । यसअघि शनिबार रेकर्ड ७३ हजार १६१ जना संक्रमित कोरोनामुक्त भएका थिए ।  हालसम्म ३३ लाख ९६ हजार २७ जना कोरोनामुक्त भएका छन् ।

मंगलबार १ हजार १०७ जनाको ज्यान गएको छ । सोमबार १ हजार १२९ जनाको ज्यान गएको थियो । आइतबार १ हजार ८ जनाको ज्यान गएको थियो । शनिबार १ हजार ४४ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान गुमाउने संक्रमितको संख्या ७३ हजार ९२३ पुगेको छ ।

मंगलबारको स्थिति
भारतमा शीर्ष स्थानको अमेरिका र तेस्रो स्थानको ब्रजिलको भन्दा कयौं गुणा संक्रमित थपिए ।

मंगलबार अमेरिकामा २८ हजार १३१ जना संक्रमित थपिए । कुल संक्रमितको संख्या ६५ लाख १३ हजार ८०१ पुगेको छ । मृतक ४८० थपिएर १ लाख ९४ हजार १४ पुगेको छ ।

अमेरिकामा २५ लाख २७ हजार ४२७ जना सक्रिय संक्रमित रहेका छन् । ३७ लाख ९२ हजार ३६० लाई निको भएको छ ।

तेस्रो स्थानमा झरेको ब्रजिलमा मंगलबार १७ हजार ३३० जनामात्र संक्रमित थपिए । कुल संक्रमित ४१ लाख ६५ हजार १२४ पुगेका छन् । मंगलबार ५१६ सहित ज्यान गुमाउनेको संख्या १ लाख २७ हजार ५१७ पुगेको छ ।

विश्वभर हाल २ करोड ७७ लाख २१ हजार ५६० संक्रमित छन् । ९ लाख ८५८ जनाको ज्यान गएको छ । १ करोड ९८ लाख ८ हजार ८७५ जनालाई निको भएको छ ।

मंगलबार २ लाख ४० हजार ५०७ जना संक्रमित थपिँदा ४ हजार ३०२ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार ०७:५५