काठमाडौं । आजदेखि शुक्रबारसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना छ। खासगरी प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का विभिन्न स्थानमा भारी वर्षा हुनेछ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर सामान्य बद्ली हुने जनाएको छ। प्रदेश १, २, बागगमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
आगामी शुक्रबारसम्मै वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। जसका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बद्ली भई हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाले प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा पर्ने खोला तथा नदीमा पानीको वहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जाने तथा सडक यातायात अवरुद्ध हुन सक्ने भएकाले सर्तकता अपनाउन आग्रह गरेको छ।
सत्यपाटी ।