सूचनाको शक्ति - The Power Of Information

        

ब्राउनसुगरसहित एक महिला पक्राउ

बाँके । ठूलो परिमाणको ब्राउनसुगरसहित एकजना महिला जमुनाहा नाकाबाट पक्राउ परेकी छन् । नेपालगन्ज उपमहानगरपालिका–३ स्थित जमुनाहामा खटिएको प्रहरी टोलीले सीमा नाकाबाट राती ८ बजे नेपालतर्फ आइरहेकी रानीतलाउ बस्ने २८ की सन्जनादेवी पटहरलाई चेकजाँच गर्दा साथबाट ब्राउनसुगर फेला परेको हो ।

प्रहरी, लागुऔषध व्यूरोलगायतको टोलीले हरियो रंगको ब्यागमा राखेको ५० ग्राम ब्राउनसुगरसहित पटहरलाई पक्राउ गरेको हो । यो परिमाण धेरै ठूलो हो । पटहरलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । सीमा नाका बन्द भए पनि लागु औषध कारोवार भने रोकिएको छैन ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार १७:२३