सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा ८० वर्षीया महिलाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ८ पुग्यो

नेपालगन्जका मात्रै ५ जनाको मृत्यु

 बाँके ।  बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ की ८० वर्षीया महिलाको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

 नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार गराइरहेकी ती महिलाको दुबै फोक्सोमा निमोनिया भएको थियो ।

यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । नेपालगन्जका मात्रै ५ जनाको मृत्यु भएको छ ।

नरैनापुर, कोहलपुर र बैजनाथका १/१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार १७:०४