सूचनाको शक्ति - The Power Of Information

        

पर्सा र बाराका थप २२ जनामा कोरोना संक्रमण

काठमाडौं । वीरगञ्जमा गरिएको परीक्षणमा पर्सा र बाराका गरि थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १३ र बाराका ९ जना गरी थप २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

संक्रमण देखिनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १०,१२,१३ र १६ का एक एक जना रहेका छन्।

कालिकामाई गाउँपालिकामा दुई जना,सखुवा प्रसौनी गाउँपालिकामा दुई जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै वीरगञ्ज आर्मी ब्यारेकका एक,तराई अस्पतालका तीन र हेल्थ केयर अस्पतालका तीन जनामा संक्रमण पुष्टि भएको छ ।

बाराको कलैया उपमहानगरपालिकाका दुई, बारागढी गाउँपालिकाका चार जना,सुवर्ण गाउँपालिका ७ मा एक जनामा संक्रमण भएको पाइएको छ ।

इलाका प्रहरी कार्यालय बारागढीका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार ०९:२८