काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमणबाट आठ लाख ९६ हजार ५९९ जनाको मृत्यु भएको छ ।
विश्वमा दुई करोड ७४ लाख ७६ हजार ९२० जना कोरोनाभाइरस संक्रमित भएका छन् ।
यद्यपि, विश्वमा कोरोनाभाइरस संक्रमित एक करोड ९५ लाख ६९ हजार ९९३ व्यक्ति कोरोनामुक्त भएका छन् ।
हाल विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोनाभाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ५९ हजार ९९८ जनाको अवस्था गम्भीर छ ।
चीनको हुबेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोनाभाइरस संक्रमणको कारण संयुक्तराज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
अमेरिकामा ६४ लाख ८५ हजार ५६७ जना कोरोनाभाइरसका संक्रमित रहेका छन् ।
त्यहाँ ३७ लाख ५८ हजार ६१८ जना कोरोनाभाइरसमुक्त भएका छन् भने एक लाख ९३ हजार ५३४ व्यक्तिको मृत्यु भइसकेको छ ।
भारतमा ४२ लाख ७७ हजार ५८४ जना कोरोनाभाइरस संक्रमित रहेका छन् ।
त्यहाँ ३३ लाख २१ हजार ४२० कोरोनाभाइरसमुक्त भएका छन् भने ७२ हजार ८१६ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४१ लख ४७ हजार ७९४ जना कोरोनाभाइरस संक्रमित रहेका छन् ।
त्यहाँ ३३ लाख ५५ हजार ५६४ कोरोनाभाइरसमुक्त भएका छन् भने एक लाख २७ हजारको मृत्यु भएको छ । एजेन्सी
सत्यपाटी ।