सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि २५ गतेसम्म बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्नका लागि तीन दिनसम्म सबै बैंकका शाखाहरु खोल्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले भदौ २३, २४ र २५ गते राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण शाखा खुला गर्नु पर्ने निर्देशन दिएको हो।

राजस्व संकलन गर्ने शाखाका काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउण्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई खुला गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले सोमबार सूचना जारी गरेर यस्तो निर्देशन दिएको हो।

अहिले निषेधाज्ञाले गर्दा अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैंकिङ सेवा प्रवाह गर्नका लागि बैंकहरुले सीमित कर्मचारीबाट सीमित शाखा कार्यालय सीमित समयका लागि सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार ०९:१९