सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेका ४२ संक्रमित थपिए, अन्य कुन जिल्लामा कति संक्रमित (विवरणसहित)

संक्रमितको संख्या १६ हजार २५९

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ३२६ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ।

बुधबारको नियमित प्रेस ब्रिफिङपछि जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयले उपत्यकामा ३२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । जसमा काठमाडौंमा २९१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको छ।  यस्तै बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । यस्तै कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ।  यससँगै मृतकको संख्या ३०० पुगेको छ।

संक्रमितको विवरण

५०० बढी संक्रमित र मृतककाे विवरण

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार १७:०३