सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालमा थपिए ९७९ कोरोना संक्रमित, संख्या ४७ हजार २३६ पुग्यो

१ हजार ७३६ जना डिस्चार्ज

काठमाडौ ।  पछिल्लो २४ घन्टामा नेपालमा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार २५९ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १६ हजार २५९ छन् भने ४ हजार ७३९ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार १६:४७