सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेको खजुरा गाउँपालिकामा आज रातीदेखि पाँच दिनका लागि निषेधाज्ञा

बाँके । बाँकेको खजुरा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि गाउँपालिका क्षेत्रमा पाँच दिनका लागि निषेधाज्ञा जारी गरिएको हो ।

गाउँ कार्यपलिकाको सोमबार बसेको बैठकले गरेको सिफारिसका आधारमा सोमबार राति १२ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

नेपालगञ्ज-गुलरिया सडकखण्डको कपास विकास समितिदेखि विपी प्रतिक्षालयसम्म र सो सडकको दायाँबायाँ ५ सय मिटरसम्म पर्ने सबै वडामा लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

यो अवधिमा अत्यावश्यक सेवा बाहेक सबै निषेध गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार १५:३५