सूचनाको शक्ति - The Power Of Information

        

आज देशका यी स्थानमा ठुलो पानी पर्ने

काठमाडौ ।  सोमबार देशका केही स्थानमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले प्रदेश १,२,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य देखि पूर्ण बदली रही रहेको छ भने  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का पानी परिररहेको छ ।

मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ रहेको छ ।  आज दिउँसोपछि देशभर सामान्यतया बदली रही पानी पर्ने सम्भावना रहेको छ भने प्रदेश १, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै आज राति पनि देशको प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार ०७:५१