सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

गण्डकी प्रदेशमा आज ६७ जना कोरोना संक्रमित थपिए, कूल संख्या २,५९८ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या १९

काठमाडौं ।  गण्डकी प्रदेशमा आज थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा ६७ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका नयाँ संक्रमितहरुमा कास्कीका ३१ जना, गोरखाका १८ जना, नवलपरासी पूर्वका १५ र तनहुँका ३ जना छन् ।

प्रदेशमा हालसम्म २५९८ जना संक्रमित भएका छन् । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

संक्रमणबाट निको हुनेको संख्या १,७७३ रहेको छ । यहाँ निको हुने दर ६८.२४ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार ०७:४२