सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा ५९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

मुटु रोग र मधुमेहको समस्या

बाँके । बाँकेमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालगंज उपमहानगरपालिका-९ का ५९ वर्षीय एक पुरुषको आइतबार राति ८: ३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

ती पुरुषको नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनमा लामो समयदेखि मुटु रोग र मधुमेहको समस्या रहेको चिकित्सकले बताएका छन्।

भदौ १५ गते कोरोना पुष्टि भएका उनलाई स्वास्थ्यमा समस्या समस्या देखिएपछि १८ गते अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार ०७:१५