सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना संक्रमित थप नौजनाको मृत्यु, हालसम्म संक्रमणबाट दुई सय ८९ जनाकाे निधन

मृत्यु हुनेमा सात पुरुष र दुईजना महिला

काठमाडौं । कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात पुरुष र दुईजना महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङकी ६४ वर्षीया र झापाकी ४५ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको हो ।

त्यसैगरी मृत्यु हुने पुरुषमा काठमाडौंका तीनजना छन् । काठमाडौंका ६८, ७४ र ८४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मोरङका ४५ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

याेसमेत नेपालमा संक्रमणबाट हालसम्म मृत्यु हुनेकाे संख्या दुई सय ८९ पुगेकाे छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतवार १६:५०