सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री केपी शर्मा

अर्थ मन्त्रालयको समेत जिम्मेवारी लिएपछि निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री

कोभिड १९ पछि अर्थतन्त्रका विषयमा कुराकानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग छलफल गर्न लागेका छन् ।

अर्थ मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री ओलीले आज साँझ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघसँग बालुवाटारमा छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोनाका कारण आक्रान्त बनेको निजी क्षेत्रसँग लामो समयपछि छलफल गर्न लागेका हुन् । सम्भवतः चैतपछिको उनको निजी क्षेत्रसँगको पहिलो छलफल हो ।

प्रधानमन्त्रीले कोभिड १९ पछि अर्थतन्त्रका विषयमा कुराकानी गर्न निजी क्षेत्रलाई बोलाएका हुन् । निजी क्षेत्रसँगको छलफलमा अर्थ मन्त्रालयका सचिवसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई पनि बोलाइएको छ ।

अर्थमन्त्रीबाट युवराज खतिवडाको बहिर्गमनपछि प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी पनि आफैंले राखेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतवार १६:४४