सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

भरतपुरका २९ जनासहित चितवनमा थप ३४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

संक्रमणबाट मृत्यु हुनेको संख्या १२

काठमाडौं । चितवनमा थप ३४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका ३० जनासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा भरतपुर महानगरपालिकाका १८ जना पुरुष र ११ जना महिला गरी २९ जना रहेका छन् । त्यस्तै  राप्ती नगरपालिकाका एक जना पुरुष रहेको छन् । त्यस्तै नवलपुरका ३ जना र कास्कीका एक जना रहेका छन् ।

त्यस्तै आइतबार बिहान चितवनमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको आज बिहान चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई भदौं १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।

bhar.jpg

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतवार ०९:५२