सूचनाको शक्ति - The Power Of Information

        

चार वटा प्रदेशमा आज राती ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । अहिले प्रदेश १, २ र वाग्मती तथा गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर बदली रही केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशको एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अरु ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।   भोलि र पर्सिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ । अबको २, ३ दिन लगातार ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने छैन् ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतवार ०८:०१