सूचनाको शक्ति - The Power Of Information

        

बाघको आक्रमणमा १३ वर्षिय बालकको मृत्यु

बर्दिया । माछा मार्न गेरुवा नदी गएका एक बालकलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको छ । बर्दियाको गेरुवा नदिमा माछा मार्न गएका ती बालकलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

बर्दियाको राजापुर घर भएका १३ वर्षिय बालक विशाल ओली नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत बर्दियाको कोठियाघाटस्थित गेरुवा नदीमा सोमबार माछा मार्न गएका थिए । मधुवन नगरपालिका–३ भगरहिया गाउँमा आफन्तकोमा आएका विशाल सोमबार साथीसगैं माछा मार्न गेरुवा नदी गएका थिए ।

माछा मार्न गएका विशाललाई बाघले आक्रमण गर्दा उनी सोमबारदेखि हराईरहेका थिए । सोमबारदेखि हराइरहेका विशालको खोजी गर्दा  बिहीबार खाता जैविक मार्गमा रहेको जङ्गलमा उनको शव भेटिएको मधुवन नगरपालिका नगर प्रमुख गणेशबहादुर क्षेत्री (कृष्ण)ले जानकारी दिए ।

उनका अनुसार तीनदिनदेखि हराईरहेका विशालको शव भारतीय भूमिमा पर्ने जङ्गलक्षेत्रमा भेटिएको हो । मधुवन नगरपालिका–३ स्थित भगरहिया गाउँमा आफन्तको घरमा आएका बेला गएको सोमबार नेपाल भारत सीमा क्षेत्र अन्तरगत कोठियाघाटस्थित गेरुवा नदिमा माछा मार्न गएका थिए । उनको शव तीन दिनपछि भारतीय भुमिमा पर्ने जंगलमा भेटिएको थियो ।

मृतक विशालसँगै गएका अन्य चार जना भने सकुसल रहेका छन् । उनीहरुले नै घटनाको जानकारी गराएपछि जङ्गलमा विशालको खोजी कार्य जारी राखिएको थियो । भारतीय जङ्गलबाट आउने पाटेबाघका कारण सो क्षेत्रमा वर्षेनी बाघको आक्रमणमा परी स्थानीयले ज्यान गुमाउनुका साथै उनीहरुका घरपालुवा जनावरसमेत खाने गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार १०:५०