सूचनाको शक्ति - The Power Of Information

        

बारा र पर्साका थप १८ जनामा कोरोना संक्रमण

 वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा बैंकका कर्मचारी, सेना, प्रहरीसहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा पर्सा र बाराका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

संक्रमण देखिनेमा पर्साका ६ र बाराका १२ जना रहेको चौरसियाले बताए । संक्रमण देखिनेमा नबिल बैंक वीरगञ्ज शाखाका दुई महिला र एक पुरुष गरी तीनजना कर्मचारी रहेका छन्।

यस्तै पर्सागढी नगरपालिका ४ का दुईजनामा समेत संक्रमण भएको पाइएको छ । बाराको सिम्रौनगढ नगरपालिकामा ६ जना, जिल्ला प्रहरी कार्यालयका तीन, जीतपुर आर्मी ब्यारेकका तीन जनामा समेत संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार ०८:३८