सूचनाको शक्ति - The Power Of Information

        

चितवनमा थपिए २८ कोरोना संक्रमित

चितवन ।  चितवनका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ सहित ३६ जनामा संक्रमण देखिएको हो।

कोरोना पुष्टि हुनेहरू १० देखि ७३ वर्षसम्मका छन्। भरतपुर अस्पतालको प्रयोगशालामा भरतपुर महानगरका ४ पुरुष र ३ महिलामा कोरोना पोजेटिभ देखिएको छ। नवलपुरको गैंडाकोट र रुपन्देहीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १९ जना, रत्ननगर र राप्ती नगरपालिकाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यहाँ गरिएको परीक्षणमा मकवानपुरका २, रुपन्देही, काठमाडौं, पर्सा र गुल्मीका एक/एक जनामा पोजेटिभ देखिएको छ। अहिलेसम्म चितवनका ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ जनाको उपचारका क्रममा मृत्यु भएको छ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार ०८:१४