सूचनाको शक्ति - The Power Of Information

        

निषेधाज्ञाकै दिन बाँकेका ४३ जनामा कोरोना संक्रमण पुष्टि

बाँके । बाँकेमा निषेधाज्ञा गरेकै दिन बाँकेका ४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको पीसिआर जाँचका क्रममा पछिल्लो २४ घण्टामा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ४२१ नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै बाँकेमा कुल कोरोना संक्रमित संख्या १ हजार १७५ पुगेको छ । जसमा नेपालगन्ज उपमहानगरपालिकाका २१ जना, जिल्ला प्रहरी कार्यालय बाँकेका ४ जना, डुडुवा गाउँपालिकाका ५ जना, राष्ट्रिय बाणिज्य बैंकका ५ जना, बर्दियाका ६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका २ जना गरि ४३ जनामा कोरोना देखिएको हो ।

संक्रमित देखिनेमा नेपालगन्ज उपमहानगरपालिका–१२ की ४० वर्षिया महिला, वडा नं. २० का ६ वर्षिय बालक, वडा नं. ९ का ५६ वर्षिय पुरुष, वडा नं.२२ का ४५ वर्षिय महिला, वडा नम्बर ३ का ३१ वर्षिय पुरुष, वडा नं. ९ का २८ वर्षिय पुरुष, ४७, १४ र ३६ वर्षिय महिलामा कोरोना देखिएको छ ।

यसैगरी नेपालगन्ज वडा नं. २ का ४७ वर्षिय पुरुष, वडा नं. १ का उमेर नखुलेका एक पुरुष, वडा नं. २२ का १८ वर्षिय बालक, वडा नं. ९ का १३ वर्षिय बालिका र ४८ वर्षिय महिला, वडा नं. ६ का २३ वर्षिय पुरुष, वडा नं. १० का ३९ वर्षिय पुरुष, वडा नं. ९ का २१ वर्षिय पुरुष र वडा नं. ४ का २९ वर्षिय पुरुषमा कोरोना देखिएको छ ।

भेरी अस्पताल नेपालगन्जले शुक्रबार सार्वजनिक गरेको रिर्पोटमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ की ४७ वर्षिय महिला, वडा नं. १० की ३२ वर्षिय महिला र वडा नखुलेको नेपालगन्जका ४४ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै राष्ट्रिय बाणिज्य बैंकका २३ र २८ वर्षिय महिला, ४५ र ४७ वर्षिय पुरुष र उमेर नखुेलको एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार नै सार्वजनिक उक्त रिर्पोटमा जिल्ला प्रहरी कार्यालय बाँकेका २३, २५, ३४ र ४३ वर्षिय पुरुष प्रहरीमा कोरनो संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ का १९ वर्षिय एक युवा र ११ वर्षिय एक बालिका, ६० वर्षिय महिला, ११ वर्षिय पुरुष र २८ वर्षिय महिलामा कोरोना देखिएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गत २४ घण्टामा पहिचान भएका कोरोना भाइरस संक्रमितमध्ये बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका २१ वर्षिय एक महिला र ४२ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै बर्दियाको बारबर्दिया वडा नं. ३ का २४ वर्षिय एक महिलासहित २५, २६, २८, ३० र ३२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालमा हालसम्म ३६ हजार ३०८ नमुना जाँचका लागि प्राप्त भएकोमा ३६ हाजर २०८ नमुना जाँच भइसक्दा १ हजार ६९८ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । हालसम्म बाँके जिल्लामा ६ जनाको मृत्यु भइसकेको छ भने मृतकमध्ये तीन जना नेपालगन्जका हुन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार १६:२८