सूचनाको शक्ति - The Power Of Information

        

धादिङमा एक जनाको हत्या गरी हत्यारा टाउको बोकेर प्रहरीकोमा

धादिङ । धादिङमा हतियार प्रहारबाट एकजनाको हत्या गरिएको छ ।

धादिङको नीलकण्ठ नगरपालिकाका राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेका हुन् ।

सामान्य विवाद पछि परियारले गुरुङलाई घरभन्दा केही पर सडकमा लगेर हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

परियारले गुरुङको टाउको र खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्ण गरेको प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले बताए ।

घटनाको थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार ११:४०