सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक दूरी कायम गरेर मच्छिन्द्रनाथको रथ जात्रा सुरु गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीलाई ध्यानमा दिँदै सामाजिक दूरी कायम गरेर रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन आग्रह गरेको छ।

बिहीबार भएको झडपप्रति दुःख व्यक्त गर्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले उत्तेजना र आवेगमा नगई समन्वयमार्फत नै कौलिक पर्वलाई अघि बढाउन सुझाव दिएका हुन्।

बिहीबार बेलुका खाँडले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘उच्च सतर्कता अपनाई रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता एवं सम्वादको माध्यमबाट सहमति कै आधारमा निकास खोज्न नेपाली कांग्रेस संसदीय दल हार्दिक अपिल गर्दछ।’

परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित सबै पक्ष बीच समन्वय हुनु जरुरी रहेको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार ११:३६