सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंमा १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार, २ युवक पक्राउ

काठमाडौं ।  काठमाडौंमा एक युवतीलाई सामूहिक बलात्कार गरिएकाे छ।

प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार भएकाे हाे।

बलात्कार आरोपमा महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको छ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक युवतीलाई सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।

पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने वृत्तले जनाएको छ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार ०९:५८