सूचनाको शक्ति - The Power Of Information

        

भारतमा भयावह बन्दै कोरोना, एकैदिन थपिए ८४ हजार बढी संक्रमित, १ हजारको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरस संक्रमित र मृत्यु कुनेको संख्या बढ्दै गइरहेको छ।  भारतमा हरेक दिन ७० हजार भन्दा बढीको दरमा कोरोना संक्रमित फेला पर्न थालेका छन् ।

वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार १ सय ५६ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३९ लाख ३३ हजार १ सय २४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ हजार ८३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ हजार ५ सय ६९ पुगेको छ ।

त्यस्तै हालसम्म ३० लाख ३४ हजार ८ सय ८७ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार ०८:५९