चितवन । एकैदिन चितवनका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज कोभिड ल्याब र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् । यस्तै राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ जना, कालिका नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।
सत्यपाटी ।