सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा आजदेखि नयाँ शैलीको निषेधाज्ञा सुरु, नेपालगञ्ज बिहानैदेखि सुनसान

अत्यावश्यक सेवा बाहेक सबै बन्द रहने

बाँके । बाँकेमा नयाँ शैलीको निषेधाज्ञा सुरु भएको छ । उक्त शैलीअनुसार शुक्रबारदेखि दुई दिने निषेधाज्ञा सुरु भएको हो ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिले अघिल्लो साता नै यस सातादेखि हरेक शुक्रबार र शनिबार जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमणदर निरन्तर उकालो लाग्दै गएपछि नियन्त्रणका लागि सातामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

उनले निषेधाज्ञाको पालना गर्न आग्रह गरेका छन् । निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक सबै बन्द रहने छ ।

निषेधाज्ञा जारी गरिएपछि नेपालगञ्ज बिहानैदेखि सुनसान छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार ०८:४८