बाँकेका ३९ जनामा कोरोना संक्रमण, बर्दियामा ८ जना थपिए
सत्यपाटी ।
बाँके । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमित थपिएका छन् । ४०३ नमुना परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये बाँकेका मात्रै ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
जसमा २० जना नेपालगन्ज र १९ जना कोहलपुरका रहेका छन् । भेरीकै प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा गुलरिया नगरपालिकाका ४ जना, मधुवन नगरपालिकाका ३ जना र बाँसगढी नगरपालिकाका १ जना रहेको भेरी अस्पतालले जनाएको छ ।
सत्यपाटी ।