सूचनाको शक्ति - The Power Of Information

        

गोंगबु हत्याकाण्ड मच्चाउने महिला थुना राख्न आदेश

काठमाडौं । एक महिनाअघि गोंगबु हत्याकाण्डका आरोपी कल्पना पौडेल मुडवरीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ।

बिहीबार जिल्ला अदालत काठमाडौँले मुडवरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यस्तै हत्यामा संलग्न रहेकी मुडवरीको छोरीलाई भक्तपुरस्थित बालसुधार गृह भक्तपुर, सानोठिमी पठाएको छ ।

मुडवरीकी छोरी नाबालिका भएको कारण सुधार गृह पठाइएको अदालतले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १७:१४