सूचनाको शक्ति - The Power Of Information

        

आज कोरोनाबाट ६ जनाको मृत्यु, मृतकको संख्या २५७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यि मध्ये ४ जना महिला र २ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा चितवन, भत्तपुर, तनहुँ र रुपन्देहीकी एक–एक महिला रहेका छन् भने सिन्धुपाल्चोक र रुपन्देहीका एक एक जना पुरुष रहेको छ । हालसम्म जम्मा कोरोना बाट मृत्यु हुनेको संख्या २ सय ५७ जना पुगेको छ । यो संक्रमित मध्येबाट ०.६ प्रतिशत हो ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १७:११