सूचनाको शक्ति - The Power Of Information

        

कपिलवस्तुमा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु, ४ घाइते

कपिलवस्तु । कपिलवस्तुमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन् ।

वाणगंगा नगरपालिका १० गनहा पुलस्थित भित्री सडक खण्डमा लु १ ह २६४५ नं. को अटोरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा रुपन्देहीको गैडहवा गाउँपालिका ४ पौवा बस्ने ४० वर्षीय दयाशंकर चमारको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार चालक टम्केश्वर चमार, रुपन्देहीको गैडहवा ४का  ५० वर्षकी भानुमति रैदाश, इन्द्रवती हरिजन र लुम्विनी साँस्कृतिक नगरपालिका ११ बस्ने ३० वर्षीय विजय चमार घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १२:२७