रुपन्देही । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना–११ सालझन्डीकी ७७ वर्षीया महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा आज बिहान मृत्यु भएको हो । हिजो बिरामी भएर अस्पताल आएकी महिलाको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियोे ।
बुटवलको कोरोना विशेष अस्पतलामा आइसोेलेशन र भेन्टिलेटर नभएपछि लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेशनमा राखेर उपचारका क्रममा मृत्यु भएको अस्पतालका डा.सुर्दशन थापाले जानकारी दिए ।
यस्तै, प्युठानमा पनि एक संक्रमितको मृत्यु भएको छ । गौतमबुद्ध अस्पतालमा उपचार गराइरहेका स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुषको उपचारका क्रममा आज बुटवलमा मुत्यु भएको छ ।
कलेजोको बिरामी भएकाले उनलाई थप उपचारका लागि भदौ १० गते बुटवल लगिएको थियो । त्यस्तै, ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
भक्तपुर ठिमीकी ४० वर्षकी महिलाको उपचारको क्रममा आज बिहान दुई बजे मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ६ गते अस्पताल भर्ना भएकी संक्रमित महिला मिर्गौलाकी बिरामी थिइन् ।
सत्यपाटी ।