सूचनाको शक्ति - The Power Of Information

        

हिट बन्यो ‘काइँयो र ऐना’ (भिडियो)

काठमाडौं । गायिका मधु क्षेत्री र गायक खेम सेञ्चुरीको स्वरमा ‘काइँयो र ऐना’ बोलको लोक तथा दोहोरी गीतले आफ्नो बर्चश्वलाई कायम राखेको छ । युट्युबमा यो गीतले एक करोडभन्दा धेरै भ्यू पाएको छ । टिकटकमा समेत ‘काइँयो र ऐना’ हिट बनेको छ । युट्युबमा ‘काइँयो र ऐना’ले आधिपत्य जमाइरहेको छ ।

नेत्र अर्यालको शब्द रहेको गीतका संगीतकार सेञ्चुरी हुन् । गायिका मधु क्षेत्रीले ‘काइँयो र ऐना’बाट दर्शक स्रोतले दिएको मायाप्रति आभार व्यक्त गरेकी छिन् । उनले गीतको सम्पूर्ण टिमको मेहनको फल भएको बताइन् । ‘काइँयो र ऐना’को म्युजिक भिडियोमा अञ्जली अधिकारी, ओबी रायमाझी, लोमस शर्मा र रुविना अधिकारीको अभिनय रहेको छ । म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार ०९:२७