सूचनाको शक्ति - The Power Of Information

        

फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलको भाउ पुनः बढाएको छ।

निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले बढाएको हो। यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ पुगेको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलको मूल्य बढाए पनि डिज तथा मट्टितेलको भाय भने यथावत नै रहेको छ। हाल डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ रहेको छ।

निगमले गत साउन ३२ गते पेट्रोल र डिजलको मूल्य वृद्धि गरेको थियो। यसको १५ दिनमा अघि पनि निगमले दुई रुपैयाँ बढाएको थियो।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १३:०८