सूचनाको शक्ति - The Power Of Information

        

भारतमा अगष्टमा मात्रै २० लाख व्यक्ति कोरोना संक्रमित, २८ हजारको मृत्यु

एजेन्सी । भारतमा गत अगष्ट महिनामा मात्रै करिब २० लाख व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

कोभिड १९ को महामारी शुरु भएयता कुनै पनि देशमा एकै महिना यति धेरै मानिसमा संक्रमण भएको यो विश्वकै नयाँ रेकर्ड हो ।

अगस्ट महिनामा मात्रै सर्वाधिक धेरै २८ हजार मानिसको कोरोनाकै कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतमा अहिलेसम्म ३७ लाख बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोनाबाट सर्वाधिक प्रभावित देशमध्ये भारत तेस्रो नम्बरमा छ ।

भारतम अगस्टमा औसत प्रतिदिन ६४ हजारमा संक्रमण देखियो अर्थात् जुलाईको तुलनामा औसत दैनिक संक्रमण ८४ प्रतिशतले वृद्धि भयो ।यही समय अमेरिकामा प्रतिदिन औसत ४७ हजारमा संक्रमण देखिएको थियो ।

परीक्षण क्षमतामा वृद्धी र ग्रामिण क्षेत्रमा समेत कोरोनाको संक्रमण फैलिएकाले संक्रमितको संख्या ह्वात्तै बढेको भारत सरकारले जनाएको छ ।भारतको चारवटा राज्य उत्तर प्रदेश, झारखण्ड, छत्तिसगढ र ओडिसामा संक्रमण दर उच्च रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १२:२७