सूचनाको शक्ति - The Power Of Information

        

पूर्णरुपमा निषेधाज्ञा लागु भएका यी हुन् ३४ जिल्ला

काठमाडौं ।  गृह मन्त्रालयले हाल देशभरका ३४ जिल्लामा पूर्ण निषेधाज्ञा रहेको जनाएको छ।

मन्त्रालयका अनुसार सप्तरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, रौतहट, धनकुटा, चितवन, दोलखा र सिन्धुपाल्चोकमा निषेधाज्ञा लागु भइरहेको छ।

यसैगरि सिराहा, मोरङ, रामेछाप, रुपन्देही, अर्घाखाँची, स्याङ्जा, पाल्पा, कैलाली प्युठान, दैलेख, कन्चनपुर, तेह्रथुम, संखुवासभा, बैतडी, कपिलबस्तु, डोल्पा, डोटी र दाङमा पनि पूर्ण निषेधाज्ञा छ।

यसैगरि आंशिक निषेधाज्ञा रहेका जिल्लाको संख्या ९ रहेको छ। नुवाकोट, झापा, जुम्ला, मकवानपुर, धादिङ, तनहुँ, बाग्लुङ, रुकुम पश्चिम र बझाङमा आंशिका निषेधाज्ञा छ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार ११:५२