सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

काठमाडौँ उपत्यकामा निषेधाज्ञा : आज आवश्यक निर्णय लिइने, थप्ने तयारी

आजराति १२ बजेसम्म आदेश कायम

काठमाडौँ । उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा आज शुरु भएको छ ।
विभिन्न क्षेत्रका प्रतिनिधिको सुझावका आधारमा तीनै जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाको स्वरुपबारे साझा धारणा बनाउने र उक्त विषयमा बुधबार गृहमन्त्रालयसँगआज  छलफल गरी परामर्शका आधारमा आवश्यक निर्णय लिइने बताइएकाे छ ।
निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल शुरु गरेका हुन ।
“तीन जिल्लाका प्रमखु जिल्ला अधिकारीबीच आज  बैठक गरेका छौँ, सबै सरोकारवालासँग परामर्श लिने काम भएको छ, त्यसको आधारमा साझा धारणा बनाएर उपयुक्त निर्णय लिइने छ”, ।
उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको यही भदौ २ गतेको निर्णयानुसार ४ गते बिहान १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि उपत्यकका तीनै जिल्लामा निषेधको आदेश जारी गरिएको थियो ।
भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेश कायम गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार ११:३३