सूचनाको शक्ति - The Power Of Information

        

देशभर मौसम बदली, भारी वर्षाको पनि सम्भावना

काठमाडौं । देशभरको मौसम बुधबार सामान्यतया बदली भई धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा पश्चिम सर्ने क्रममा छ। अहिले गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थौरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थान तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार ११:१७