सूचनाको शक्ति - The Power Of Information

        

पर्सा र बाराका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पर्सा र बारामा गरी थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्सा र बाराका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

अस्पतालमा ४ सय ९० जनाको स्वाब परीक्षण गरिएकोमा बाराका ५० तथा पर्साका १३ जना र गण्डक अस्पतालका एक जना गरी कुल ६४ जनामा संक्रमण देखिएको हो।

संक्रमण देखिनेमा ५ वर्षका बालकदेखि ७९ वर्षका वृद्ध सम्म रहेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ मा दुई, १२ मा एक र १८ मा एकजनामा कोरोना देखिएको छ।

यस्तै बहुदरमाई नगरपालिका वडा नम्बर ४ मा पाँच जना, ५ मा एक, ६ मा दुई जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी नारायणी अस्पतालमै गरिएको परीक्षणमा बाराको कलैया उप महानगरपालिकाका विभिन्न वडाका गरी ५० जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार ११:११