सूचनाको शक्ति - The Power Of Information

        

चैनपुरमा एक जना मृत फेला

बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा एक जना मृत भेटिएका छन् । हुम्ला जिल्लाको नाम्फा गाउँपालिका–१ घरभई विगत पाँच वर्षदेखि चैनपुरमा व्यापार गर्दै आएका बुमडोर लामा मृत भेटिएका हुन् । रिङ्गरोडबाट सेती नदी जाने बाटोमा मृत भेटिएका लामालाई मंगलबार लुगा धुन जाने महिलाहरुले देखेका थिए ।

राती मदिरा सेवन गरेर लडेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक तथा सूचना अधिकारी लोकेन्द्र सिंह कार्कीले बताए । शवलाई मुचुल्का गरी पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकका श्रीमती र छोराछोरी हुम्लामै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार ०९:१४