सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालमा कोरोनाबाट ४० हजार ५२९ संक्रमित, मृतकको संख्या २३९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको गौतमले जानकारी दिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८३२ र होम आइसोलेशनमा ७ हजार २८० जना रहेका छन् । १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको गौतमले बताए । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १७८ रहेको छ ।

मृतकको संख्या २३९ पुग्यो

कोरोना भाइरसबाट आज देशभर थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको छ । महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ भने पर्सामा ३, काठमाडौंमा २ जना, सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार १७:०१