सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर नगरपालिका शिल

बाँके । कोहलपुर नगरपालिकाको हेल्पडेस्कका कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय शिल गरिएको छ । पीसीआर परिक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय शिल गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले बताए ।

नगरपालिका लगायत नगर क्षेत्रमा कोरोना भाइरस रोगको संक्रमण फैलन सक्ने जोखिमलार्ई मध्येनजर गर्दै भाद्र १६ गते मंगलबारदेखि शुक्रबारसम्म कोहलपुर नगरपालिकाभर शिल गरिएको छ । यसअघि पनि कोहलपुरमा कोरोना संक्रमण बढेपछि निषेधाज्ञा जारी गरिएको थियो ।

बाँकेमा हालसम्म १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँके जिल्लामा कोरोना मुक्त हुनेको संख्या ७४६ पुगेको छ । आइसोलेसनमा २९१ जना संक्रमित उपचाररत रहेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार १४:०६