सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकामा संक्रमितको संख्या ६० लाख भन्दा धेरै

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या ६० लाख भन्दा धेरै पुगेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कुल संक्रमितको संख्या ६० लाख २८ हजार भन्दा धेरै छ।

अहिलेसम्म अमेरिकामा कोभिड–१९ बाट एक लाख ८३ हजार पाँचसय भन्दा बढीको ज्यान गएको छ।

अमेरिकामा पछिल्लो एक महिना भन्दा कम समयमा १० लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वभर कुल संक्रमितको संख्या दुई करोड ५४ लाख तीन हजार छ । यस्तै अहिलेसम्म विश्वभर ८ लाख ४९ हजार तीन सयजनाको कोभिड–१९ बाट ज्यान गएको छ।

अमेरिकासहित विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आधिकारिक रुपमा थाहा भएको भन्दा धेरै हुन सक्ने स्वास्थ्यविज्ञले बताएका छन्।

धेरैमा संक्रमणको लक्षण नदेखिने भएकाले थाहा भएका भन्दा बढीमा संक्रमण हुन सक्ने उनीहरुको भनाई छ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार ०८:२०