सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एकजनाको मृत्यु

काठमाडौं ।  कोरोना संक्रमणका कारण पर्सामा थप एक पुरुषको मंगलबार मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जका ५३ वर्षका पुरुषको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

संक्रमित पुरुषको मंगलबार बिहान पौने एक बजे उपचारको क्रममा नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा मृत्यु भएको चौरसियाले बताए।

ती पुरुषको गत साउन ३० गते स्वाब संकलन गरी परीक्षण गरिएकोमा ३१ गते उनमा कोरोना पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि सोही दिनदेखि उनी उपचारको लागि अस्पतालमा भर्ना भएका थिए।

उनी मधुमेह, मिर्गौलाका समेत रोगी थिए । यो सँगै पर्सामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार ०८:१५