सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

न्यून चापीय रेखा नेपालको दक्षिण क्षेत्रमा आएपछि फेरि मनसुन सक्रिय: मौसमविद

प्रदेश १ देखि ५ सम्म वर्षा हुने थप सामग्री

काठमाडौं । न्यून चापीय रेखा नेपालको दक्षिण क्षेत्रमा आएपछि फेरि मनसुन सक्रिय भएको छ। जसकारण प्रदेश १ देखि ५ सम्मका केही स्थानमा भारी वर्षा हुने संभावना छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानमान महाशाखाका अनुसार पहिला जस्तो न्यून चापीय रेखा एकै स्थानमा नबसेर तलमाथि गरिरहेको छ।

त्यसकारण एकै स्थानमा लामो समयसम्म वर्षा नभएर केही स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद विभूति पोखरेलले बताइन्।

“न्यून चापीय रेखा एकै स्थानमा छैन, तलमाथि भइरहेको छ, फरक फरक ठाउँहरुमा भारी वर्षा हुने सम्भावना छ,” उनले भनिन्। अहिले मनसुनको न्यून चापीय रेखा पूर्वी र मध्य भूभागमा नेपाल नजिक छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा प्रदेश नम्बर १, २, बागमती, गण्डकी र प्रदेश ५ का धेरै स्थानमा भारी वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गत १२ घण्टामा पोखरा र इलाममा भारी वर्षा भएको छ। पोखरामा हिजो साँझ ६ बजेदेखि आज बिहान ६ बजेसम्म ९१.४ मिलिमिटर वर्षा भएको छ। इलाममा १५४.२ मिलिमिटर वर्षा भएको छ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार ०८:१०