सूचनाको शक्ति - The Power Of Information

        

चितवनमा थप २० जनामा कोभिड १९ संक्रमण

चितवन चितवनमा थप २० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा पोजेटिभ देखिएको छ। सोमवार रातिसम्म गरिएका थप  ३ सय ५३ मध्ये नमुना परीक्षणमा २० वटा पोजेटिभ आएको प्रयोगशाला प्रमुख नीतु अधिकारीले जानकारी दिइन्।

संक्रमण देखिएका अधिकांश भरतपुर महानगरपालिकाका रहेका छन्। त्यस्तै नवलपरासी,कैलाली, पर्सा, अछाम र रौतहट स्थायी घर भएका मानिसहरुमा पनि प्रयोगशालमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार ०८:००