सूचनाको शक्ति - The Power Of Information

        

पोखरा भरतपोखरीबाट ६ किलो गाँजासहित दुई पक्राउ

काठमाडौं । प्रहरीले पोखराबाट ६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी भरतपोखरीबाट खटिएको टोलीले आइतबार राति १० बजे गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा तनहुँ सुक्लागण्डकी-१२ घर भई पोखरा-१७ बिरौटा बस्ने २३ वर्षीय सन्जोक विक र २० वर्षीय शिलाष विक छन्।

उनीहरूलाई पोखरा-३३ भरतपोखरीबाट पक्राउ गरिएको हो। ग९प ६०२८ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनीहरूको साथबाट लागुऔषध तौलिने उपकरणसमेत बरामद भएको हमालले बताए।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १२:०२