सूचनाको शक्ति - The Power Of Information

        

पर्साका ३२ सहित वीरगञ्जमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । वीरगञ्जमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितहरुमा पर्साका ३२, बाराका ४ र सर्लाहीका १ जना रहेका छन्।  नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ महिला र ३३ पुरुष रहेका छन्। संक्रमित अन्य चार जनाको भने ठेगाना नखुलेको अस्पतालले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार हालसम्म ४ सय ८२ महिलासहित २ हजार १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।  जसमध्ये ६ सय ८४ जना कोरोनामुक्त भईसकेका छन्। ३६ जनाको भने कोरोना संक्रमणबाट मृत्यु भएको छ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार ११:४७