सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट थप एक पुरुषको मृत्यु, चितवनमा मात्रै १३ जनाको ज्यान गयो

चितवन ।  चितवनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय पुरुषको आज (सोमबार) विहान मृत्यु भएको हो।

अस्पताल स्रोतले बताएअनुसार ती पुरुषलाई भदौं २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

यो संगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भई सकेको छ । मृत्यु हुनेमा चितवनका ६ जना रहेका छन् । जस मध्ये एक जनाको घरमा नै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो ।

यस्तै मकवानपुरका ३ जना, कैलाली, गोरखा, वारा र पुर्व नवलपारासीका १/१ जना रहेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १०:१५